AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

  • मङ्लबार, मंसिर २०, २०७९
रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं-रुपन्देही २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

मंगलबार सर्वोच्चमा दर्ता गरिएको रिट निवेदनमा रूपन्देही–२ को निर्वाचन अधिकृतको कार्यालयले एमालेका उमेदवार विष्णु पौडेललाई अनियमित रूपमा निर्वाचित भएको घोषणा गरेको दाबी गरिएको छ ।

मंसिर ४ गते भएको निर्वाचनमा विजयी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रमुख प्रतिस्पर्धीका रुपमा रहेका थिए । पौडेलले २७ हजार १६५ मत ल्याएका थिए । दोस्रो बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७९५ मत ल्याएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार