AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा

सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा

  • आइतवार, अशोज ३०, २०७९
सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा

काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले एक दिन सार्वजनिक विदा दिने तयारी गरिरहेकाे छ ।

शताब्दी पुरुष जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताउनुभयाे । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् । उनले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन विदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार