AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एक्सनमा उत्रिए बालेन, काठमाडौंमा रहेका अवैध संरचना भत्काइए

एक्सनमा उत्रिए बालेन, काठमाडौंमा रहेका अवैध संरचना भत्काइए

  • बुधबार, भदौ ८, २०७९
एक्सनमा उत्रिए बालेन, काठमाडौंमा रहेका अवैध संरचना भत्काइए

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन: मिति दिएर फर्किएको छ ।

पार्किङका लागि नक्सा पास भएको स्थानमा बनाइएको क्याफे खाली तत्काल भत्काउन साहले निर्देशन दिएका छन् ।

पार्किङका लागि नक्सा पास गरेर सटर भाडामा दिएपछि महानगरले खाली गराउन थालेकाे महानगरपालिकाले जनाएको छ । यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि महानगरले अवैध संरचना भत्काउने अभियान चलाएको हो ।

साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । उनले काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गराउने बताए । साहले गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोषी हुने बताएका छन् ।

महानगरले यसअघि बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार