AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • देशभर थप ७८१ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

देशभर थप ७८१ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

  • शुक्रबार, साउन २७, २०७९
देशभर थप ७८१ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १२ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार २ सय ९० जनाको पीसीआर र २ हजार ४ सय २२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ५ सय ११ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ७ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार