AarthikBikash
मङ्लबार, मंसिर २०, २०७९
  • होमपेज
  • अर्थ/वाणिज्य
  • नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीति

  • शुक्रबार, साउन ६, २०७९
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीति

साउन ०६, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार सेयर धितो कर्जामा केही हेरफेर गर्दै १२ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था गरेको छ । साथै चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर रोक्का नहुने नीति ल्याएको छ ।

निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो ।

सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पुर्‍याएको छ ।

Facebook Comments

सम्बन्धित समाचार