काठमाडौं-खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि अनसन सुरु गरेका छन् । सातबुँदे माग राखेर काठमाडौंको माइतीघरमा आइतबार सत्याग्रह थालेका थिए । तीनदिने सत्याग्रहमा पनि माग सम्बोधन नभएपछि मेयर भट्टराईले आजदेखि अनशन थालेका हुन् । मेयर भट्टराईले देशव्यापीरूपमा बाँसका सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्ने, स्थानीय उत्पादन प्रवर्द्धन गर्नुपर्नेसहित माग राखेका […]
काठमाडौं-आज बस्ने राष्ट्रिय सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बैठक दिउँसो सवा १ बजे बस्दैछ । ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) बारे सम्बोधन गर्ने कार्यसूची रहेको छ । आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ प्रस्तुत गर्दैछन् […]
काठमाडौं-नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन् । संसदीय दलको नेता छान्न आजै चुनाव हुनेछ । उम्मेदवारको प्रारम्भिक नामावली ११:३० बजे प्रकाशित गरिनेछ । उम्मेदवारको नाम फिर्ता लिने समय मध्याह्न १२ बजेसम्म तोकिएको […]
काठमाडौं-कुलिङ पिरियड गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको बैठक बस्दैछ । सिंहदरबार सुशासन समितिको सभाहलमा आज ११ बजे बस्ने उक्त बैठकमा प्रतिवेदन लेखनमाथि छलफल हुनेछ । सोधपुछको कार्य अन्तिमतिर पुगेसँगै समयमै काम सक्ने गरी समितिले प्रतिवेदन लेखनको तयारि थालेको हो । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई जना सदस्य र माओवादी केन्द्र, […]