AarthikBikash
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एमालेले बोलायो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक

एमालेले बोलायो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक

  • शनिबार, चैत्र २४, २०८०
एमालेले बोलायो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक

काठमाडौं-नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ ।

एमालेले आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरेको हो । परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।

बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न शनिबार केन्द्रीय कार्यालयमा बैठक बोलाइएको छ ।

एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।

परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार