AarthikBikash
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस सहासमिति बैठकमा महामन्त्री थापाको सांगठनिक प्रस्ताव सर्वसम्मत पारित

कांग्रेस सहासमिति बैठकमा महामन्त्री थापाको सांगठनिक प्रस्ताव सर्वसम्मत पारित

  • बिहिबार, फाल्गुन १०, २०८०
कांग्रेस सहासमिति बैठकमा महामन्त्री थापाको सांगठनिक प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेश गरेको सांगठनिक प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

गत फागुन ७ गतेदेखि सुरु भएको काग्रेस महासमिति बैठक विभिन्न प्रस्तावहरु पारित गर्दै आज समापन भएको छ । बैठकमा महामन्त्री थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव र अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महतले आर्थिक प्रतिवेदन र केन्द्रीय लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा प्रतिवेदन पेश गरेका थिए ।

सहासमिति बैठकमा पेश भएका सबै प्रस्तावहरु सर्वसम्मतिले पारित भएको हो । महामन्त्री थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवाले व्यापक असन्तुष्टि जनाउँदा जनाउँदै पनि उक्त प्रस्ताव सर्वसम्मतिले पास भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार