AarthikBikash
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले केन्द्रीय कमिटी बैठक : चारवटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल जारी

एमाले केन्द्रीय कमिटी बैठक : चारवटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल जारी

  • मङ्लबार, फाल्गुन ८, २०८०
एमाले केन्द्रीय कमिटी बैठक : चारवटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल जारी

काडमाडौं-नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा चार वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् । आजदेखि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको सातौँ केन्द्रीय कमिटी बैठकमा चार वटा कार्ययोजनाहरु प्रस्तुत भएका हुन् ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरे ।

त्यस्तै ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्यालाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको सङ्गठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शङ्कर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेका हुन् ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको छ ।

पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसङ्गठन, विभाग रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार