AarthikBikash
आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • सुझाव सङ्कलन सकिएलगत्तै बैठक रोकेर शिर्ष नेताहरु आन्तरिक छलफलमा

सुझाव सङ्कलन सकिएलगत्तै बैठक रोकेर शिर्ष नेताहरु आन्तरिक छलफलमा

  • बिहिबार, फाल्गुन ३, २०८०
सुझाव सङ्कलन सकिएलगत्तै बैठक रोकेर शिर्ष नेताहरु आन्तरिक छलफलमा

काठमाडौं- नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ २० वटै समूहका तर्फबाट सुझाव पेश भएसँगै बैठक केही समयका लागि स्थगित भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी विधान अधिवेशन दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेर शिर्ष नेताहरु छलफलमा जुटेका छन् ।२० वटै समूहबाट आएका सुझावलाई कसरी समेट्ने भन्नेबारे पदाधिकारी तहमा छलफल गर्न लागिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पदाधिकारी बैठकको निष्कर्षका आधारमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् ।प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौंदामाथि समूहहरुबाट आज सात टोलीबाट सुझाव प्रस्तुत गरेका हुन् ।

मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । हिजो बुधबार १३ समूहबाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको थियो ।आज विधानमाथि सुझाव प्रस्तुत गर्दै कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा सहभागी गराउने, रूपान्तरणको नयाँ अभियान थालनी गनुपर्ने र समावेशी क्लष्टरबाट खसआर्यलाई हटाउनुपलगायतका सुझाव प्रस्तुत गरे ।

प्रेम बयकले विधानको प्रस्तावना छोटो हुनुपर्ने एवं जनउत्तरदायी पार्टी बनाउनेगरी पार्टी निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गरे । उनले सङ्गठनात्मक सिद्धान्त छोटो हुनुपर्ने र मानार्थ सदस्य थप्नुपर्ने सुझाव प्रस्तुत गरे ।युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने, जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने तथा विचारको स्वतन्त्रता र कामकार्वाहीमा एकरूपतामा राखौँ भन्ने सुझाव प्रस्तुत गरे । उनले समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्नेमा आफ्नो समूहको जोड रहेको उल्लेख गरे ।

राजकाजी गुरूङले विधानको भाषा उत्कृष्ट हुनुपर्ने उल्लेख गर्दै विधान पालना गर्ने सामूहिक प्रतिबद्धता स्पष्ट आउनुपर्ने सुझाव पेश गरे । उनले जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुने प्रावधान राख्नुपर्ने सुझाव पेश गरे ।रामदीप आचार्यले पार्टीलाई प्रवलीकरण हो वा पुनर्निर्माण गर्ने हो यसलाई स्पष्ट पारे । उनले निर्वाचनका लागि ठूला लेयरहरू हटाउनुपर्ने सुझाव दिए ।

Facebook Comments

सम्बन्धित समाचार