AarthikBikash
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • राजनीति
  • स्काउटको निर्वाचन नरोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

स्काउटको निर्वाचन नरोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

  • मङ्लबार, माघ २३, २०८०
स्काउटको निर्वाचन नरोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं-सर्वोच्च अदालतले नेपाल स्काउटको निर्वाचन नरोक्न आज अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को माघ १७ को पत्र र युवा तथा खेलकुद मन्त्रालयको माघ १८ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश गरेको हो ।

माघ २७ मा स्काउटको निर्वाचन तोकिएको थियो । प्रधानमन्त्री कार्यालयको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन रोक्न पत्राचार गरेको थियो।

समयमै निर्वाचन हुनुपर्ने माग गर्दै लोकबहादुर भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्चले रिट निवेदकको माग बमोजिम निर्वाचन गराउन आदेश गरेको हो ।

नेपाल स्काउटमा सोमबार र मंगलबारका लागि अधिवेशन मिति तय भएको थियो। नेपाल स्काउटमा निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले पहल गरेका थिए ।

खेलकुदमन्त्रीको पहलमा नेपाल स्काउटमा १२ नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको हो। नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुदमन्त्री नेपाल स्काउटको प्रमुख स्काउट र राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था छ।

Facebook Comments

सम्बन्धित समाचार