AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनको मूल्य प्रतितोलामै एक लाख २० हजार नाघ्यो

सुनको मूल्य प्रतितोलामै एक लाख २० हजार नाघ्यो

  • आइतवार, मंसिर १७, २०८०
सुनको मूल्य प्रतितोलामै एक लाख २० हजार नाघ्यो

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार