AarthikBikash
आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भोलि सडकमा सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्नू : ट्राफिक प्रहरी

भोलि सडकमा सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्नू : ट्राफिक प्रहरी

  • बुधबार, मंसिर ६, २०८०
भोलि सडकमा सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्नू : ट्राफिक प्रहरी

काठमाडौं – भोलि अर्थात् मंसिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विभिन्न संगठन तथा समूहले विरोध प्रदर्शन गर्ने भएकाले उक्त दिन सकेसम्म सवारीसाधन लिएर सडकमा ननिस्कन र निस्कनै परे प्रहरीलाई फोन गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गर्दै निस्कनै परे सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन अनुरोध गरेको हो ।

“अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कनुहुन र सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कनुहुन अनुरोध छ,” सूचनामा भनिएको छ ।

नागरिकको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारीसाधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्नसक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिकमा अपिल गरेको छ।

भोलि काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खु चोक र नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले तीनकुनेमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार