AarthikBikash
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

  • सोमवार, कार्तिक २७, २०८०
नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं-सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेको हाे ।

टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्राविधिक रूपमा तयारी पूरा भएपछि टिकटक बन्द गरिनेछ । त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्री शर्माले बताइन् ।

Facebook Comments

सम्बन्धित समाचार