AarthikBikash
बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

  • आइतवार, अशोज ७, २०८०
सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं-गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। सिआइबिलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै उनले अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पारेका हुन्।

मन्त्री श्रेष्ठले तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुर्‍याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गरे। उनले सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको भन्दै आगामी दिनमा पनि हस्तक्षेप बेगर अगाडि बढ्ने बताए।

गृहमन्त्री श्रेष्ठले सर्लाही घटनालाई सरकारले गम्भिरतापूर्वक लिएको बताए। सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ती सेलाउने क्रममा हिन्दु युवाहरुमाथि सांघातिक हमला भएको थियो। त्यहाँको समस्या समाधान गर्न आफूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिहेको उल्लेख गर्दै आवश्यक परेमा एक, दुई दिनमै नयाँ निर्णय लिइने बताए। उनले प्रहरी संयन्त्रको कमजोरी हुन नदिने पनि बताए।

गृहमन्त्री श्रेष्ठले आफूलाई अकास्मात रुपमा समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। मन्त्री श्रेष्ठलाई बोलाउने समिति बैठकको कार्यसूची नभएपनि सांसदहरुले मन्त्री श्रेष्ठलाई बोलाउन माग गरेपति समिति सभापतिले उनलाई बोलाएको थियो।

उनले समिति बैठकमा मन्त्रीलाई लोकतान्त्रिक मूल्य, मान्यता र प्रणाली अनुरुप बोलाउनुपर्ने बताए। उनले मन्त्रि भएकै कारण जतिखेरै आइहाल्नु भनेर बैठकमा बोलाउन नमिल्ने बताए।

Facebook Comments

सम्बन्धित समाचार