AarthikBikash
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटि, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा

विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटि, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा

  • शुक्रबार, अशोज ५, २०८०
विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटि, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा

काठमाडौं-सत्तारुढ कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ रहेका भन्दै विधेयकप्रति असन्तुष्टि जनाएका छन् ।

उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरु काठमाडौं आएर प्रदर्शन गरिरहेका बेला उनले धेरै त्रुटि रहेकाले संसदबाट सच्याउनुपर्ने बताए । दीर्घकालीन रुपमा सोचेर कानुन बनाउनुपर्ने भन्दै उनले संसदबाट सच्याएर उक्त विधेयक पारित गरिनुपर्ने बताए ।

साथै उनले तत्काल शिक्षकहरुको माग सम्बोधन गरेर पठनपाठनको अवस्था सृजना गर्न सरकारसँग माग पनि गरे ।

Facebook Comments

सम्बन्धित समाचार