AarthikBikash
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड र सी चिनफिङबीच असोज ६ गते हाङ्जाओमा भेटवार्ता हुने

प्रधानमन्त्री प्रचण्ड र सी चिनफिङबीच असोज ६ गते हाङ्जाओमा भेटवार्ता हुने

  • शुक्रबार, भदौ २९, २०८०
प्रधानमन्त्री प्रचण्ड र सी चिनफिङबीच असोज ६ गते हाङ्जाओमा भेटवार्ता हुने

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो औपचारिक चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने बताएका छन्।

‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ चिनियाँ समकक्षी लि छ्याङसँग २५ सेप्टेम्बर (असोज ८ गते) बेइजिङमा भेट हुनेछ।’

‍प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ । चीनको औपचारिक भ्रमणका बेला नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउन आफ्नो प्रयास रहने पनि उनले बताए।

Facebook Comments

सम्बन्धित समाचार