AarthikBikash
मङ्लबार, अशोज ९, २०८०
  • होमपेज
  • समाज
  • रोकिराखेको ट्रकमा बस ठोक्कियो, ७ को मृत्यु

रोकिराखेको ट्रकमा बस ठोक्कियो, ७ को मृत्यु

  • शनिबार, भदौ २३, २०८०
रोकिराखेको ट्रकमा बस ठोक्कियो, ७ को मृत्यु

कोहलपुर-बाँके सडक खण्डमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरस्थित शमशेरगञ्जमा शुक्रबार राति १० बजे भएको बस दुर्घटना परी ७ जनाको मृत्यु भएको हो ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस दुर्घटनामा परी ७ जनाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइतेसमेत भएका छन । उनका अनुसार बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा सो बस राती करिब १० बजेतिर ठोक्किन पुगेको थियो ।

रोकिराखेको ट्रकमा बस ठोक्किन पुगे पछि भएको सो दुर्घटनामा परी घाइते भएकोहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार