AarthikBikash
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • समाचार
  • गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै

गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै

  • बिहिबार, भदौ ७, २०८०
गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै

काठमाडौं – सुदूरपश्चिमको मुख्य पर्व गौरा अन्तर्गत आज अठ्यावाली मनाइँदै छ । हिजो गौरा घरमा भित्र्याएको गौरालाई आज गौरा खलामा लगेर व्रतालु महिलाहरूले पूजाआजा गर्ने गर्दछन् ।

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । व्रतालु महिलाहरूले भगवान गौरा –महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने गर्दछन् ।

व्रतालु महिलाहरूले दिनभरि गौरादेवी पूजाआजा गरी आजै दुबधागो समेत धारण गर्ने परम्परा रही आएको छ । व्रतालु महिलाहरूले गौरादेवीको पूजन गरिसकेपछि गौराको प्रसादको रूपमा रहेको बिरुडाले आफन्त तथा मान्यजनहरूको टाउको पुज्ने चलन रही आएको छ ।

यस्तै गौरा पर्वको अवसरमा विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ । यस्तै सामूहिक रूपमा देउडा खेल्ने चलन समेत रही आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार