AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाज
  • त्रिशुलीमा बस दुर्घटना : ८ जनाको मृत्यु, उद्दार कार्य जारी

त्रिशुलीमा बस दुर्घटना : ८ जनाको मृत्यु, उद्दार कार्य जारी

  • बुधबार, भदौ ६, २०८०
त्रिशुलीमा बस दुर्घटना : ८ जनाको मृत्यु, उद्दार कार्य जारी

काठमाडौं-धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । यस्तै ८ जना घाइतेको उद्दार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३- ०१- ००५ ख ९९५२ बस गजुरी– २ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको थियाे।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।  ८ जना घाइतेको उद्दार गरेर स्थानीय अस्पतालहरुमा पठाइएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार