AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • डेंगु संक्रमित १६ हजार नाघे, अहिलेसम्म १२ जनाको मृत्यु

डेंगु संक्रमित १६ हजार नाघे, अहिलेसम्म १२ जनाको मृत्यु

  • आइतवार, भदौ ३, २०८०
डेंगु संक्रमित १६ हजार नाघे, अहिलेसम्म १२ जनाको मृत्यु

काठमाडौं-देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघेको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, यसअवधिमा डेंगुले १२ जनाको ज्यान लिइसकेको छ । हालसम्म सुनसरीमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । इडिसीडीको तथ्यांक अनुसार सुनसरीमा ८ हजार ४५२, मोरङमा १ हजार ८७७, धादिङमा १ हजार ७५७ र झापामा ९२६ जनामा डेंगु पुष्टि भएको छ ।

हालसम्म ७५ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ । महाशाखाका अनुसार कोशीमा १२ हजार २१, बागमतीमा २ हजार ६५१, गण्डकीमा ६१८ , सुदुरपश्चिम प्रदेशमा ४७९ जना संक्रमित भेटिएका छन् । त्यस्तै, लुम्बिनीमा ३१३, मधेशमा १४० र कणाली प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार