AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै टुंगोमा पुर्‍याउँछ : गृहमन्त्री श्रेष्ठ

सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै टुंगोमा पुर्‍याउँछ : गृहमन्त्री श्रेष्ठ

  • आइतवार, भदौ ३, २०८०
सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै टुंगोमा पुर्‍याउँछ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नै टुंगोमा पुर्‍याउनेमा सरकार विश्वस्त रहेको बताएका छन् ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले भने, ‘सीआईबीले निष्कर्षमा पुर्‍याउँछ । समग्रतामा यसप्रकारको घटना नदोहोरियोस् भनेर विमानस्थल, भन्सारमा के-कस्तो प्रबन्ध गर्ने हो सबै बसेर साझा निष्कर्षमा पुग्न सकियोस् । कुनै कन्फ्युजन नहोस् सीआईबीले नै टुंग्याउँछ।’

गृहमन्त्री श्रेष्ठले विमानस्थल भन्सार बाहिरबाट समातिएको झन्डै ६१ किलो सुन सम्बन्धमा भइरहेको छानबिनलाई सीआईबीले नै निष्कर्षमा पुर्‍याउने बताए।

उनले संगठित अपराधअन्तर्गत मुद्दा अभियोजनको सीमा ६० दिन भएकाले अझै केही दिन बाँकी भएको बताएका छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार