AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुन तस्करी प्रकरणः थप दुई चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणः थप दुई चिनियाँ नागरिक पक्राउ

  • शुक्रबार, भदौ १, २०८०
सुन तस्करी प्रकरणः थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं – सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत साउन ३१ गते पनि ब्यूरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ । सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको प्रवक्ता कडायतले बताए ।

Facebook Comments

सम्बन्धित समाचार