AarthikBikash
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रधानन्यायाधीश सिफारिसको छलफलका लागि संवैधानिक परिषद्को बैठक सुरु

प्रधानन्यायाधीश सिफारिसको छलफलका लागि संवैधानिक परिषद्को बैठक सुरु

  • मङ्लबार, साउन १६, २०८०
प्रधानन्यायाधीश सिफारिसको छलफलका लागि संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौं-संवैधानिक परिषद् बैठक सुरु भएको छ । बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की चारदिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार