AarthikBikash
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सानिमा बैंकको नयाँ खाता सेवा सार्वजनिक

सानिमा बैंकको नयाँ खाता सेवा सार्वजनिक

  • शुक्रबार, साउन १२, २०८०
सानिमा बैंकको नयाँ खाता सेवा सार्वजनिक

काठमाडौं-सानिमा बैंकले ग्राहकका लागि ‘सानिमा फाइभ इन वान  खाता सेवा सार्वजनिक गरेको छ।

सानिमा फाइन इन वान खाता सेवा, सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा हो। यसअन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्बा र मेरो सेयरको सेवाका लागि एकैपटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन्।

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो। यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकले बैंकको वेवसाइटमा उपलब्ध फाइभ इन वान अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सी–आस्बा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सक्नेछन्।

सानिमा बैंकले ग्राहकलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो। सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएम सञ्जाल रहेका छन्।

Facebook Comments

सम्बन्धित समाचार