AarthikBikash
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पूर्जी जारी

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पूर्जी जारी

  • शुक्रबार, साउन १२, २०८०
विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पूर्जी जारी

काठमाडौं-विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

तामाङ अगुवाले दिएकाे उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएकाे छ ।

पाण्डेले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा ‘मुस्लिम, मगर, तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुँदो रहेछ । यस्तो विवाहले जीनमा खराबी उत्पन्न गर्छ । नजिकको सम्बन्ध पशुमा पनि बारिन्छ ।’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । त्यसले तामाङ, मगर लगायत समुदायको आत्मसम्मानमा चोट पुगेकाे भन्दै प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सुशीला थिङ र एमाले सांसद ईश्वरी घर्ती मगरले अधिवक्ता पाण्डेमाथि कारबाही गरिनुपर्ने आवाज उठाएका थिए ।

अहिले पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments

सम्बन्धित समाचार