AarthikBikash
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • माथिल्लो तामाकोसी जलविद्युतले हकप्रद शेयर निष्कासन गर्दै

माथिल्लो तामाकोसी जलविद्युतले हकप्रद शेयर निष्कासन गर्दै

  • बिहिबार, साउन ११, २०८०
माथिल्लो तामाकोसी जलविद्युतले हकप्रद शेयर निष्कासन गर्दै

काठमाडौं-माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ महिनाको दोस्रो साता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

आयोजनाले रोल्वालिङ डाइभर्सन निर्माणका लागि थप पुँजी सङ्कलन गर्न शेयर धनीहरूलाई १ः१ का दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो ।

आयोजनाले दोलखामा स्थानीय सरोकारवालाहरूसँग छलफल समेत गरेको छ । दोलखाको बिगु गाउँपालिका–१ लामा बगर स्थित कम्पनीले साउन २५ गते बुक क्लोज गर्ने जनाएको छ ।

भदौ महिनाको पहिलो साता साधारण सभा सम्पन्न गरी त्यसपछि शेयर निष्कासन प्रक्रिया सुरु गर्ने आयोजनाका कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार