AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • राजनीति
  • जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

  • बुधबार, साउन ३, २०८०
जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको उनको भनाई छ।

बुधबार ६१औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तीव्रताका साथ अघि बढाइरहेको उल्लेख गरे। त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने स्थिति हुन नदिन ‘दोषी नछुटोस्, निर्दोष नपरोस्’ भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने उनले बताए।

‘सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अघि बढाइरहेको छ,’ उनले भने, ‘भ्रष्टाचारको कुरा गर्दैगर्दा त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्नेस्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, केही ऐनमा सुधार गर्ने विश्वास दिलाउन चाहन्छु।’

असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने तथा उचित सदुपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने उनको भनाइ छ।

Facebook Comments

सम्बन्धित समाचार