AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाज
  • बन्चरे डाँडामा फोहोर फाल्न स्थानीयको अवरोध

बन्चरे डाँडामा फोहोर फाल्न स्थानीयको अवरोध

  • सोमवार, साउन १, २०८०
बन्चरे डाँडामा फोहोर फाल्न स्थानीयको अवरोध

काठमाडौं-नुवाकोटको बन्चरे डाँडा ल्यान्डफिल साइटमा स्थानीयले आजदेखि फोहोर फाल्नमा रोक लगाएका छन् ।

बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानीयले रोकेका हुन् । स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन् ।

सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका वासिन्दाले आजदेखि फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

यसैबीच, ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक सवारी साधनबाट १५ सयसम्म शुल्क लिने निर्णय गरेकोमा ककनी गाउँपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

फोहोरमैला व्यवस्थापन संघको तर्फबाट धनप्रसाद आचार्यले गाउँपालिकाको निर्णयविरुद्ध रिट दायर गरेका हुन् । सो रिटको पेशी आजलाई तोकिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार