AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ९०० रुपैयाँले बढ्याे सुनको मूल्य

९०० रुपैयाँले बढ्याे सुनको मूल्य

  • मङ्लबार, जेष्ठ २३, २०८०
९०० रुपैयाँले बढ्याे सुनको मूल्य

काठमाडौं-नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ। मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोलाछापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। साेमबार भाउ स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार