AarthikBikash
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • गैँडाको आक्रमणबाट एकको मृत्यु

गैँडाको आक्रमणबाट एकको मृत्यु

  • शनिबार, जेष्ठ ६, २०८०
गैँडाको आक्रमणबाट एकको मृत्यु

काठमाडौं,चितवन-गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११ः४५ बजे मृत्यु भएको हो ।

यस्तै गैँडाको आक्रमणबाट स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते भएका छन् । रेग्मी सामान्य घाइते भएको र उपचारपश्चात् घर फर्किएको कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार