AarthikBikash
शनिबार, जेष्ठ २७, २०८०
  • होमपेज
  • समाज
  • सार्वजनिक सवारी साधनको गाडी भाडा घट्यो

सार्वजनिक सवारी साधनको गाडी भाडा घट्यो

  • बुधबार, जेष्ठ ३, २०८०
सार्वजनिक सवारी साधनको गाडी भाडा घट्यो

काठमाडौं – यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ ।

विभागले सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो ।

यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार