AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • खेलकुद
  • एसीसी प्रिमियर लिग: नेपाल १५७ रनमा अलआउट

एसीसी प्रिमियर लिग: नेपाल १५७ रनमा अलआउट

  • बिहिबार, बैशाख १४, २०८०
एसीसी प्रिमियर लिग: नेपाल १५७ रनमा अलआउट

काठमाडौं – एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारविरुद्ध नेपाल १ सय ५७ रनमा अलआउट भएकाे छ ।

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो ।

नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौकाकाे सहयोग सर्वाधिक ४२ रन बनाए । एक समय २८ ओभरमा १११-९ को अवस्थामा पुगेको नेपाललाई ललित र सन्दीपले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलमा पुर्याएका थिए ।

कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए ।

कतारका बायाँ हाते तीव्र गतिका बलर आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए ।

Facebook Comments

सम्बन्धित समाचार