AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • केन्द्र सरकार नटिक्दा स्थानीय सरकारलाई काम गर्न असहज : मेयर बालेन

केन्द्र सरकार नटिक्दा स्थानीय सरकारलाई काम गर्न असहज : मेयर बालेन

  • बुधबार, चैत्र १५, २०७९
केन्द्र सरकार नटिक्दा स्थानीय सरकारलाई काम गर्न असहज : मेयर बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भएका सभ्यताहरुको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् ।

आजबाट शुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले केन्द्रको सरकार नटिकिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताएका हुन् ।

प्रमुख शाहले पहिला भएका सम्पती र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने बताए । प्रमुख शाहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभइ पालिकापालिकामा छ भन्ने अनुभुति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए ।

न्याय माग्न ११ दिन काठमाडौं महानगरपालिकामा हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास उनको छ ।

Facebook Comments

सम्बन्धित समाचार