AarthikBikash
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • खेलकुद
  • यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

  • बिहिबार, चैत्र २, २०७९
यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं – नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भयो ।

यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भयो ।

Facebook Comments

सम्बन्धित समाचार