AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

  • बिहिबार, फाल्गुन २५, २०७९
बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

एजेन्सी – बलिउडका चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा निधन भएको हो । अभिनेता अनुपम खेरले आज बिहान ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।

अनुपमले लेखेका छन् , ‘सतीश, तिमी बिनाको जीवन उस्तै हुनेछैन ।’  यद्यपि, उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

मार्च ७ मा जावेद अख्तरले जानकी कुटीर जुहुमा आयोजना गरेको होली पार्टीमा उनले होली खेलेका थिए । उनले यो सेलिब्रेशनको फोटो ट्विट गर्दै लेखेका छन्, ‘जावेद अख्तर, शबाना आजमी, बाबा आजमी, तन्वी आजमीले आयोजना गरेको होली पार्टीमा रंगीन होलीको मजा लिइयो । नवविवाहित सुन्दर जोडी अली फजल र ऋचा चड्डालाई भेटेँ । सबैलाई होलीको शुभकामना ।’

सतीश कौशिकको जन्म १३ अप्रिल १९६५ मा हरियाणामा भएको थियो । उनको दिल्लीमा पढाइ भयो । किरोरी माल कलेजबाट स्नातक गरेपछि उनले नेशनल स्कूल अफ ड्रामा (एनएसडी) मा भर्ना भए । सन् १९८५ मा उनले शशि कौशिकसँग विवाह गरे । उनीहरुको छोराको २ वर्षको उमेरमा मृत्यु भयो ।

सतीशले सन् १९८३ मा बलिउडमा डेब्यू गरेका थिए । यसअघि उनले थिएटरमा काम गरेका थिए । उनी एक अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए । सतीशलाई सन् १९८७ मा फिल्म ‘मिस्टर इन्डिया’बाट पहिचान मिलेको थियो । त्यसपछि उनले सन् १९९७ मा ‘दिवाना–मस्ताना’मा पप्पु पेजरको भूमिका निभाएका थिए । सतीशले १९९० मा ‘राम लखन’ र १९९७ मा ‘साजन चले ससुराल’का लागि सर्वश्रेष्ठ हास्य कलाकारको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार