AarthikBikash
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • युएई जाने नेपाली क्रिकेट टिममा सन्दीप परेनन्

युएई जाने नेपाली क्रिकेट टिममा सन्दीप परेनन्

  • बिहिबार, फाल्गुन ११, २०७९
युएई जाने नेपाली क्रिकेट टिममा सन्दीप परेनन्

काठमाडौं-आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने त्रिदेशीय शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक मोन्टी देसाईले घोषणा गरेको १५ सदस्यीय टोलीमा स्पिनर सन्दीप लामिछाने भने परेका छैनन् । उनलाई धरौटीमा छाड्ने आदेश दिँदा उच्च अदालतले विदेश जान नपाउने शर्त राखेको कारण उनी टीममा नपरेका हुन् । मौसम ढकाल र प्रतिश जिसीले टिममा स्थान बनाएका छन् ।

नेपालले फागुन १५ गते पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दै उक्त शृंखलाको सुरुआत गर्नेछ । नेपालले फागुन १८ गते यूएईसँग, फागुन १९ गते पुनः पीएनजीसँग र फागुन २२ गते पुनः यूएईसँग खेल्ने तालिका छ ।

नेपालको टोली-

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल (मौसम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी

Facebook Comments

सम्बन्धित समाचार