AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खेलकुद
  • नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित

नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित

  • शनिबार, फाल्गुन ६, २०७९
नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित

काठमाडौं-जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नामिबियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिजमा लगातार तेस्रो जित निकालेको हो । यसअघिको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेट र दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।

आज भएको खेलमा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा ओपनर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले कीर्तिमानी शतकीय साझेदारी गरे । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले १ सय ३९ रनको साझेदारी गरेका हुन्। जुन कुनैपनि विकेटका लागि नेपालबाट ओडिआईमा गरेको उच्च साझेदारी हो । यसअघि नेपालबाट ओडिआईमा उच्च साझेदारी १ सय ३३ रन थियो । नामिबियाविरुद्ध नै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए ।

आसिफले बलमा ९८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ८१ रन र ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्काको मद्धतमा ६५ रनको अर्धशतकिय पारी खेले । अर्का ओपनर कुशल भुर्तेल भने १ रनमै आउट भए ।

यस्तै, कुशल मल्लले पनि अर्धशतकिय पारी खेले । उनले ४९ बलमा ६ चौका र ४ छक्काको मद्धतमा ६२ रन बनाए । उनको यो ओडिआई करिअरको तेस्रो अर्धशतक हो । दीपेन्द्रसिंह ऐरीले १ रन, कप्तान रोहित पौडेलले ३९ रन ,सन्दीप जाेराले ३ रन र साेमपाल कामीले ८ रन जोडे । गुल्सान झा भने शून्य रनमै अविजित रहे ।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले तीन विकेट र बर्नार्ड स्कोल्टजले दुई विकेट लिए । टांगेनी लुंगामेनी र पिक्की या फ्रान्सलेको नाममा एक-एक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो ।

नामिबियाका लागि जेन ग्रीनले अर्धशतकिय पारी खेले । उनले ११ चौका र १ छक्काको मद्धतमा ७५ रन बनाए । एक समय १३८-५ को अवस्थमा पुगेको नामिबियालाई छैटौं विकेटका लागि ग्रीन र पिक्की या फ्रान्सले ९४ रनको सानदार साझेदारी गरेका थिए । फ्रान्सले ४९ रन जोडे ।

ओपनरद्वय लो हान्ड्रे लरेन्स र कार्ल ब्रिकेस्टकले क्रमश: ४१ र २० रन जोडे । यसअघिको खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका माइकल भ्यान लिङ्गेन २२ रनमै आउट भए ।

यस्तै, गेर्हार्ड इरास्मसले १५ रन, निकोल लोफ्टी इटनले १५ रन र रुबेन ट्रम्पलम्यानलेले २४ रनको योगदान गरे ।

नेपालका लागि पूर्वकप्तान सन्दीप लामिछानेले कसिलो बलिङ गरे । लामिछानेले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । यस्तै, करण केसीको नाममा एक विकेट रह्यो ।

Facebook Comments

सम्बन्धित समाचार