AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज आकस्मिक बाहेक सवै स्वास्थ्य सेवा बन्द हुने

आज आकस्मिक बाहेक सवै स्वास्थ्य सेवा बन्द हुने

  • आइतवार, माघ २९, २०७९
आज आकस्मिक बाहेक सवै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं-नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सक माथी प्रहरीले गरेको हातपातको बिरोधमा आज आकास्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो ।

‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न २८ गते बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको निर्णयानुसार मिति २०७९ माघ २९ गते आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ’ बिज्ञप्तिमा भनिएको छ ।

सो घटनामा दोषी भन्दै बरिष्ठ प्रहरी हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार