AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

  • बुधबार, माघ ११, २०७९
संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

काठमाडौं-संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्य सन्तोषको निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बुधबार बिहान ५ बजे निधन भएको हो ।

मंगलबार दिउँसो ३ बजेतिर शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

घटनास्थलबाट उनलाई तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उपचार थालिएको थियो । आचार्यलाई भेट्न मङ्गलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन् । कार्की र आचार्यबीच केही समय कुरापनि पनि भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार