AarthikBikash
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • कांग्रेस सांसदको प्रश्न : गृहमन्त्रीको आदेश प्रहरीले मान्न छाडेको हो ?

कांग्रेस सांसदको प्रश्न : गृहमन्त्रीको आदेश प्रहरीले मान्न छाडेको हो ?

  • शनिबार, माघ ७, २०७९
कांग्रेस सांसदको प्रश्न : गृहमन्त्रीको आदेश प्रहरीले मान्न छाडेको हो ?

काठमाडौं-नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले बालपन देखाएको बताएका छन्।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खतिवडाले फरार सांसद कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रशासनले गृहमन्त्रीको निर्देशन नटेर्ने परम्परा गलत भएको बताए।

‘गृह मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्दै जाने हो भने मुलुक कहाँ जान्छ? गृहमन्त्री बाल केटाकेटीपनको प्रदर्शन गर्नु भएन? के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनलाई टेर्न छाडेको हो? के अझैपनि जनतालाई ढाँट्न यो सूचना प्रकाशित गरिएको हो? सुत्न गएका कर्मचारीलाई बोलाएर विज्ञप्ति निकाल्न लगाएर अपराधी पक्रन सकिन्छ?​ मौखिक रूपमा सूचना दिँदा पक्राउ नगर्ने परम्पराको सुरूवात भएको हो? विज्ञप्ति निकालेर अपराधी पक्राउ गर्नु भन्नु गलत परम्पराको सुरूवात भयो,’ उनले भने।

सांसद खतिवडाले मन्त्रीहरूलाई सस्तो लोकप्रियताका लागि काम नगर्न पनि सचेत गराए। उनले गृहमन्त्रीको जवाफको समेत माग गरे। उनले गृहमन्त्री लामिछानेले सस्तो लोकप्रियताका लागि सांसदलाई पक्राउ गर्न भन्दै वक्तव्यवाजी गरेको आरोप लगाए।

शुक्रवार गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै एमाले सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार