AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • पुराना फरार समातिने मात्रै होइन नयाँ फरार हुन नपाउन् भन्ने हेक्का छः गृहमन्त्री

पुराना फरार समातिने मात्रै होइन नयाँ फरार हुन नपाउन् भन्ने हेक्का छः गृहमन्त्री

  • शनिबार, माघ ७, २०७९
पुराना फरार समातिने मात्रै होइन नयाँ फरार हुन नपाउन् भन्ने हेक्का छः गृहमन्त्री

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने बताएका छन् ।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै पुराना समातिने मात्र नभइ धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने हेक्का राखेको प्रतिक्रिया दिएका छन् ।

आफूले हिजो बोलेका शब्दशब्दको हेक्का रहेको बताउँदै गृहमन्त्री लामिछानेले भनेका छन्, ‘पुराना ‘फरार’हरु समातिन्छ्न् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ ।’ यस्तै, भोट माग्दा गरेका वाचाहरू नबिर्सिएको बताएँदै जनताको जीवन बदल्न मेहनत गरिरहेको लामिछानेको भनाई छ ।

कर्तव्य ज्यान मुद्दामा फरार भएका महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीको विषयमा प्रतिनिधि सभामै सांसदले गृहमन्त्री लामिछानेसँग जवाफ मागेका थिए । गृहमन्त्री लामिछानेले शुक्रबार सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार