AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने एमालेको निर्णय

देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने एमालेको निर्णय

  • बुधबार, माघ ४, २०७९
देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं – नेकपा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ। एमालेले झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको हो।

सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ।

सभामुखका लागि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि दाबेदार थिए। तर, पार्टीको बैठकले घिमिरेलाई सर्वसम्मत सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

Facebook Comments

सम्बन्धित समाचार