AarthikBikash
सोमवार, माघ १६, २०७९
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पोखरा विमान दुर्घटनाः पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने

पोखरा विमान दुर्घटनाः पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने

  • सोमवार, माघ २, २०७९
पोखरा विमान दुर्घटनाः पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने

पोखरा-आइतबार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई काठमाडौं पठाइने भएको छ ।

सोमवार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं पठाउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् । उनका अनुसार डिएनए टेस्टमार्फत शव पहिचान गर्नका लागि काठमाडौं पठाउन लागिएको हो ।

शव पहिचान भएकाको हकमा पोष्टमार्टम गरी आफान्तलाई शव बुझाइने छ । त्यसका लागि एम्वुलेन्सहरु तयारी अवस्थामा राखिएका छ ।

Facebook Comments

सम्बन्धित समाचार