AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • पोखरा जहाज दुर्घटनाः ६४ जनाको मृत्यु भएको पुष्टि

पोखरा जहाज दुर्घटनाः ६४ जनाको मृत्यु भएको पुष्टि

  • आइतवार, माघ १, २०७९
पोखरा जहाज दुर्घटनाः ६४ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं-आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ।

जहाजमा रहेका ७२ जनामध्ये अहिलेसम्म ६४ जनाको शव फेला परेको एसपी अजय केसीले जानकारी दिए । ज्यान गुमाएका ३० जनाको शव अस्पतालमा पुर्याइएको छ भने ३४ वटा शव खोंचमा भेटिएका छन्।

अप्ठ्यारो ठाउँ भएका कारण बाँकी शव निकाल्न क्रेन ल्याइएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार