AarthikBikash
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • ५ वर्षमा आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिकमा पुर्‍याउनेछुः प्रधानमन्त्री प्रचण्ड

५ वर्षमा आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिकमा पुर्‍याउनेछुः प्रधानमन्त्री प्रचण्ड

  • मङ्लबार, पुस २६, २०७९
५ वर्षमा आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिकमा पुर्‍याउनेछुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक मा पु-याउने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिक पु-याउने बताएका छन् ।

यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए ।

रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएइका उनको लगानीमैत्री वातावरण निर्माणमा  गरिने बताए । मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।

Facebook Comments

सम्बन्धित समाचार