AarthikBikash
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • भारतबाट कैलाली आइरहेको बस दुर्घटना, चार जनाको मृत्यु

भारतबाट कैलाली आइरहेको बस दुर्घटना, चार जनाको मृत्यु

  • सोमवार, पुस २५, २०७९
भारतबाट कैलाली आइरहेको बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं – भारतको उत्तराखण्डबाट नेपाल आइरहेको बस उत्तराखण्डको उन्नाउनमा दुर्घटना हुँदा तीन नेपालीसहित चार जनाको मृत्यु भएको छ ।

मृतक नेपालीहरु कैलाली टीकापुरका रहेको तर, उनीहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने स्थानमा दुर्घटना भएको हो । उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको थियो । बसको नम्बर भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार