AarthikBikash
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारकाे न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी

सरकारकाे न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी

  • शुक्रबार, पुस २२, २०७९
सरकारकाे न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी

काठमाडौं-सरकारको न्युनतम कार्यक्रम बनाउन जिम्मेवारी पाएको कार्यदलको बैठक बसिरहेको छ ।

अर्थमन्त्रालयमा जारी बैठकले सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले आर्थिक समृद्धि र विकास तथा जनचासोको विषयलाई कार्यक्रममा समेटेको छ ।

कांग्रेससँगको गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् । यही १४ पुसमा बसेको सत्तारुढ दलको बैठकले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बनाउन पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एमालेबाट पौडेल, माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।

Facebook Comments

सम्बन्धित समाचार