AarthikBikash
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वदलीय बैठक बस्दै, संसदको पहिलो बैठकका एजेण्डा तय गरिने

सर्वदलीय बैठक बस्दै, संसदको पहिलो बैठकका एजेण्डा तय गरिने

  • शुक्रबार, पुस २२, २०७९
सर्वदलीय बैठक बस्दै, संसदको पहिलो बैठकका एजेण्डा तय गरिने

काठमाडौं-प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । त्यसअघि आज दिउँसो १ बजे सर्बदलीय बैठक डाकिएको छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार