AarthikBikash
सोमवार, माघ १६, २०७९
  • होमपेज
  • राजनीति
  • देशको अर्थतन्त्रबारे प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

देशको अर्थतन्त्रबारे प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

  • बुधबार, पुस २०, २०७९
देशको अर्थतन्त्रबारे प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रबारे चासो राखेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रबारे जानकारी लिएका हुन् ।

देशको अर्थतन्त्रप्रति चासो राखेका प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा देखिएका समस्या तत्काल सुधार गर्न निर्देशन पनि दिए ।

ब्याजदर घटाउन र मौद्रिक नीतिमा आवश्यक सुधार गरेर तरलता हटाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार